पथ्याहार कार्यक्रम

Government of Nepal

पथ्य आहार कार्यक्रम   ऋतु अनुसारको स्वास्थ्यवर्धक खानपान प्रवर्द्धनका लागि सुरु गरिएको कार्यक्रम हो। यस कार्यक्रम अन्तर्गत परम्परागत खानपानका बारेमा समेत जानकारी दिई हरेक हप्ताको बुधबारका दिन कार्यालय परिसरमा कार्यालयमा आउने सेवाग्राहीहरुलाई आयुर्वेदमा वर्णित ऋतु अनुसार पथ्याहारको जानकारी दिने तथा खुवाउने समेत गरिएको छ।

वर्षमा ६ वटा ऋतुहरु हुन्छन् र प्रत्येक ऋतु अनुसार हाम्रो शारिरिक बल तथा पाचन क्षमता अलग हुन्छन्। तसर्थ आफ्नो शरीरको बल तथा खाना पचाउने क्षमता बुझेर मात्र खाने जनचेतना अभिवृद्धि गर्नका लागि यो कार्यक्रम सुरु गरिएको हो।

साथै हाम्रो संस्कृति, चाडपर्व र ती चाडपर्वमा खाईने परिकारहरु समेतले त्यस ऋतुका लागि हाम्रो शरीरलाई आवश्यक पर्ने पोषक तत्वहरुलाई पुरा गर्छ। उदाहरण- माघे संक्रान्ति मा घ्यू, चाकु, खिचडी। माघे संक्रान्तिमा खाईने यस्ता खानेकुराले शरीरलाई न्यानो बनाउनुका साथै शरीरलाई बलियो समेत बनाउँछ जुन शिशिर ऋतुका लागि अत्यन्तै आवश्यक छ।