NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ ञलागा षष्ठी - २१

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, ललितपुर

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, ललितपुर

वि.सं. २०५६ सालमा जिल्लामा आयुर्वेदको संरचनाको आवश्यकता महसुस गरी ललितपुर जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको स्थापना भएको थियो। हाल आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको रूपमा रूपान्तरित यो चिकित्सालय ललितपुर महानगरपालिकाको ताल्छिखेलमा अवस्थित छ।यस चिकित्सालय बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय मातहत सञ्चालनरत रहेको छ। स्थापना काल देखि नै यस चिकित्सालयले आयुर्वेद पद्धति अनुरूप स्वास्थ्य प्रवर्द्धन तथा रोग उपचार सेवा प्रदान गर्दै स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै आएको छ।